+

आर्मीको पहिलो गोल मृत्यु भएका प्याराग्लाइडिङ खेलाडीलाई समर्पण

२०७९ असोज  ३० गते १६:३४ २०७९ असोज ३० गते १६:३४
आर्मीको पहिलो गोल मृत्यु भएका प्याराग्लाइडिङ खेलाडीलाई समर्पण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदको फुटबलमा नेपाल आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल खेलका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति समर्पण गरेको छ ।

पोखरा रंगशालामा भएको फुटबलमा आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल थापाप्रति समर्पण गरेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठले १५औं मिनेटमा गोल गरेका थिए । उनको गोलपछि आर्मीका खेलाडीले कुनै पनि उत्साहपूर्ण सेलिब्रेसन गरेनन् । उनीहरु प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शीर झुकाएर मौन बसे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका थापाको मृत्यु भएको थियो ।

उनको निधनपछि प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडान पनि रोकिएको छ ।

नवौं राष्ट्रिय खेलकुद निसिम थापा प्याराग्लाइडिङ दुर्घटना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय