३० असोज, पोखरा । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण आज (आइतबार)देखि अवकाश पाएका छन् ।
नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा रहेका उनलाई पोखरा रंगशालामा नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले सम्मानसहित विदाइ गरेका छन् ।
परिषदका स्थायी कर्मचारीले टमाटाले ५८ वर्षको उमेर हदका कारण अवकास पाएका हुन् ।
कैलालीको टिकापुर मुल थलो भएका टमाटाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन् २००१ मा लेभल १ कोचिङ कोर्स पुरा गरेका टमाटाले २००४ मा लेभल २ सके र २०११ मा लेभल ३ कोर्स गरेका थिए ।
टमाटाकै प्रशिक्षणमा नेपाली यू–१९ टोली २०१२ को विश्वकपका लागि छनौट भएको थियो ।
प्रतिक्रिया 4