+

नवौं राष्ट्रिय खेलकुद : टेनिसको टिम इभेण्टमा गण्डकी र आर्मीलाई स्वर्ण

२०७९ असोज  ३० गते १७:४३ २०७९ असोज ३० गते १७:४३
नवौं राष्ट्रिय खेलकुद : टेनिसको टिम इभेण्टमा गण्डकी र आर्मीलाई स्वर्ण

३० असोज पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टको पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे ।

एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले ।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो ।

पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कांस्य पदक जिते ।

महिलातर्फ एकलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराएको हो ।

आर्मीकी अभिलाषा विष्टले एपीएफका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरिन् । अर्को खेलमा आर्मीका आइरा एम रावतले एपीएफका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि आर्मी च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भएको हो ।

महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कांस्य पदक जित्दा जिते ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय