+

शारीरिक सुगठनमा गण्डकी र सेनालाई २-२ स्वर्ण

२०७९ असोज  ३० गते २१:२३ २०७९ असोज ३० गते २१:२३
शारीरिक सुगठनमा गण्डकी र सेनालाई २-२ स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन् ।

पहिलो दिन ५ स्वर्ण पदककालागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ ।

५५ केजी तौलतर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका दिनेश गोसाईले रजत र सेनाका रमेश फोम्बोले कांस्य पदक पाए ।

६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पाए ।

६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङ्गले आफ्नो टिमका लागि दोश्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कास्य पदक हात पारे ।

७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमश: रजत र कास्य जिते ।

७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए ।

मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कास्य पदक प्राप्त गर्न सफल भए ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय