३१ असोज, पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब दबदबा कायम राख्दै पदक तालिकामा शीर्ष स्थानमा छ ।
चौथो दिन पनि आर्मीले विभिन्न खेलमा स्वर्ण जित्दै अग्रता कायम राखेको हो । चौथो दिन आर्मीले एथ्लेटिक्समा तीन स्वर्ण थप्यो ।
यस्तै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले चौथो दिन एथ्लेटिक्सबाटै स्वर्णको खाता खोल्यो । लुम्बिनीकी संगिता अधिकारीले डिस्कस थ्रो र कर्णालीका दुर्गाबहादुर बुढाले स्टिपल चेस पुरुष ३००० हजार मिटरमा स्वर्ण जिते ।
अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक जितेको छ ।
नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक सहित ४९ पदक जितेर दोस्रो स्थानमा छ ।
अर्को विभागीय टिम एपीएफले १४ स्वर्ण, २० रजत र २५ काँस्य पदक सहित कुल ५९ पदक जितेको छ ।
बागमति प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्य सहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदक सहित ३० पदक जितेको छ ।
एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कांस्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य, लुम्बिनि प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदुर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदक सहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदको आधिकारिक एप्समा उल्लेख छ ।
नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा दोश्रो स्वर्ण जितिन् । उनले १०० मिटर हर्डल्सको हिटमा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् ।
स्टेपल चेसमा सहभागी खेलाडीहरू प्रतिस्पर्धा गर्दै ।
३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । उनले राजेन्द्र भण्डारीले सन् २००४ को इस्लामावाद सागमा राखेको ८ मिनेट ५७.३० सेकेन्डको समयलाई तोडेका हुन् ।भारतीय सेनामा रहेका दुर्गाले नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा सीधै खेल्न दिएमा स्वर्ण जित्ने दाबी गरे ।
हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।
डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन् ।
भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा नेपाल आर्मी क्लबकी कमला श्रेष्ठले स्वर्ण जितेकी छन् ।
उसुको प्रतिस्पर्धा ।
उसुमा आफ्नो खेल कौशल देखाउँदै खेलाडी ।
उसुको प्रतिस्पर्धा ।
बक्सिङको प्रतिस्पर्धा ।
प्रतिक्रिया 4