+

बागमतीलाई हराउँदै एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

२०७९ असोज  ३१ गते १६:२९ २०७९ असोज ३१ गते १६:२९
बागमतीलाई हराउँदै एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

पोखरा, असोज ३१ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा सेमिफाइनल पुगेको छ ।

सोमबार दिउँसो भएको पुरुष फुटबलको समूह (बी) को खेलमा बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

बागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा बागमतीले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो ।

पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर दोश्रो हाफ भने बागमतीको पक्षमा रहेन । खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए ।

त्यसको एक मिनेट पछि अर्थात ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय