३१ असोज, तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरणा पूरा भएको छ ।
लिग चरणबाट फुल कोर्ट र थ्री बाइ थ्रीमा ४/४ समूह सेमिफाइनलमा पुगेका छन् ।
फुल कोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।
थ्री बाइ थ्री को पहिलो सेमिफाइनलमा भोलि मंगलबार बिहान ८:३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेश बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल एपीएफ र बागमती प्रदेशबीच हुनेछ ।
प्रतिक्रिया 4