
काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो ।
सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर हामी आउँदैछौं ।’
‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पूरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन् ।’
कार्यक्रमको व्यवस्थापन अमृत इभेन्टले गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4