
काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।
आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए ।
‘पहिलेदेखि नै इच्छा थियो आँखादान गर्ने । समय मिले मिर्गौला र मुटु पनि दान गर्न चाहन्छु । यसका लागि केही अस्पतालसँग सल्लाह भरहेको छ,’ सविनले भने ।
पछिल्लो समय सविन परोपकारी कार्यमा पनि सक्रिय छन् । हालै उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए ।
अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलिबिली, ताकतवार र सूर्य किरण फिल्मबाट सविन चर्चामा छन् । काठमाडौं नामक टेलिसिरियलबाट सविन चर्चामा आएका हुन् ।
प्रतिक्रिया 4