
३१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४५ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गरेको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुली सीमित कार्य गर्ने र पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका साथै धितोपत्र व्यापारी समेतको लाइसेन्सका लागि ४५ वटा कम्पनीको नाम सिफारिस भएको बताउँछन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको चौथो र पाँचौं संशोधन गरेको थियो । त्यसपछि बोर्डले २ असोजमा सूचना प्रकाशित गर्दै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन माग गरेको थियो ।
संशोधित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड र धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
सोही आधारमा ब्रोकर लाइसेन्सका लागि सिफारिस गर्न नेप्सेमा आवेदन दिएका ४५ कम्पनीको नाम धितोपत्र बोर्डमा सिफारिस भएको नेप्सेले जनाएको छ । जसमध्ये धितोपत्र व्यापारीको इजाजतपत्रका लागि आवश्यक चुक्ता पूँजी आवेदन दिएको नबिल सेक्युरिटीज लिमिटेडको नाम बोर्डमा सिफारिस भएको नेप्सेले जनाएको छ । कम्पनीले १ अर्ब ५० करोड चुक्ता पूँजीसहित लाइसेन्सका लागि सिफारिस गर्न नेप्सेमा आवेदन दिएको थियो ।
यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजी सहित आवेदन दिने कम्पनीको संख्या ३ वटा मात्रै रहेको छ । मेगा स्टक मार्केट लिमिटेड, सेन्चुरी सेक्युरिटीज लिमिटेड र हिमालयन सेक्युरिटीज लिमिटेड गरी ३ वटाले ६० करोड रुपैयाँ चुक्ता पूँजीसहित नेप्सेमा आवेदन दिएका थिए । उनीहरुको नाम पनि बोर्डमा सिफारिस भएको नेप्सले जनाएको छ ।
बाँकी रहेका ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजीसहति बोर्डमा आवेदन दिएको थिए ।
हेर्नुहोस् कम्पनीको सूचीः
कम्पनीको नाम | सेयर पूँजी |
भोले गणेश सेक्युरिटिज लिमिटेड | २१ करोड |
क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि | २० करोड |
कलश सेक्युरिटिज प्रालि | २० करोड |
हिमालयन ब्रोकरेज कम्पनी | २३ करोड |
एनएमबी सेक्युरिटिज लिमिटेड | २० करोड |
केबीएल सेक्युरिटिज लिमिटेड | २० करोड |
प्रोपर्टी विजार्ड लिमिटेड | २० करोड |
शेयरप्रो सेक्युरिटिज प्रालि | २० करोड |
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड | २३ करोड |
एनआईसी एसिया सेक्युरिटिज लिमिटेड | २० करोड |
सन सेक्युरिटिज प्रालि | २५ करोड |
पाही इन्भेष्टमेन्ट प्रालि | २० करोड |
मियो सेक्युरिटिज प्रालि | २० करोड |
मेगा स्टक मार्केट्स लिमिटेड | ६० करोड |
एलिट स्टक हाउस लिमिटेड | २०.८० करोड |
इन्फिनिटी सेक्युरिटिज लिमिटेड | २५ करोड |
इन्डेक्स सेक्युरिटिज लिमिटेड | २२ करोड ५ लाख |
जेबीएनएल सेक्युरिटिज लिमिटेड | २० करोड |
प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड | २० करोड |
आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड | २० करोड |
एसपीएसए सेक्युरिटिज लिमिटेड | ३० करोड |
नबिल सेक्युरिटिज लिमिटेड | १५० करोड |
शुभकामना सेक्युरिटिज प्रालि | २० करोड |
ट्रेडमो सेक्युरिटिज प्रालि | २० करोड |
सानिमा सेक्युरिटिज लिमिटेड | २० करोड |
आकाशभैरव सेक्युरिटिज लिमिटेड | २० करोड |
हिमालयन सेक्युरिटिज लिमिटेड | ६० करोड |
क्यापिटल हब प्रालि | २० करोड |
गरिमा सेक्युरिटज लिमिटेड | २० करोड |
स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड | २१ करोड |
हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि | २० करोड |
सीबीआईएल सेक्युरिटिज लिमिटेड | २० करोड |
इगल स्टक इक्युटी प्रालि | २० करोड |
सनराइज सेक्युरिटिज लिमिटेड | २० करोड |
इन्दिरा सेक्युरिटिज प्रालि | २० करोड |
सजिलो ब्रोकर लिमिटेड | २० करोड |
मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड | २० करोड |
ब्लुचिप सेक्युरिटिज लिमिटेड | २० करोड |
बेनी सेक्युरिटिज प्रालि | २० करोड |
रोडसो सेक्युरिटिज लिमिटेड | २० करोड |
सिजी इन्भेष्टमेन्ट से.लि. | २८.५० करोड |
म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि | २० करोड |
मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि | २० करोड |
सेन्चुरी सेक्युरिटिज लिमिटेड | ६० करोड |
एप्पल सेक्युरिटिज लिमिटेड | २० करोड |
प्रतिक्रिया 4