+

बेन्जिमालाई बालोन डि’ओर अवार्ड

२०७९ कात्तिक  १ गते ७:३० २०७९ कात्तिक १ गते ७:३०
बेन्जिमालाई बालोन डि’ओर अवार्ड

काठमाडौं । रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए । यो पटक बालोन डि’ओरका लागि शीर्ष तीनमा परेका मध्ये बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यानचेष्टर सिटीका केभिन डिब्रुयेन तेस्रो स्थानमा रहे ।

यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् ।

बेन्जिमा, जिनेदान जिदानपछि यो अवार्ड पाउने पहिलो फ्रान्सेली फुटबलर हुन् । जिदानले सन् १९९८ मा यो अवार्ड पाएका थिए । सोमबार पेरिसमा आयोजित समारोहमा बेन्जिमाले प्रतिष्ठित अवार्ड पाउँदा जिदान पनि उपस्थित थिए ।

२००९ देखि रियल मड्रिडमा रहेका बेन्जिमा आसन्न विश्वकपमा फ्रान्सका लागि महत्वपूर्ण खेलाडी समेत हुन् ।

करिम बेन्जिमा बालोन डि'ओर रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय