+

भारतीय सेनामा कार्यरत अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण

२०७९ कात्तिक  १ गते ९:५६ २०७९ कात्तिक १ गते ९:५६
भारतीय सेनामा कार्यरत अनिशले जिते पुरुष म्याराथनमा स्वर्ण

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।

नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते ।

आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए । पोखराको रुट पनि राम्रो लागेको उनले बताए ।

अनिश भारतीय सेनामा कार्यरत छन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

अनिश थापा मगर गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद पुरुष म्याराथन भारतीय सेना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय