+
+

‘प्रसाद २’लाई हिरोइनको आपत्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १७:०७

काठमाडौं । मंसिर ७ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘प्रसाद २’लाई अर्को आपत् आइलागेको छ । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकेपछि निर्माता नयाँ नायिकाको खोजीमा छन् ।

केही अभिनेत्रीलाई अप्रोच गरिए पनि उनीहरु पनि तयार नभएपछि अब प्रसाद २ मा को नायिका हुन्छ भन्ने निधो छैन । पहिले खेल्ने निधो गरेकी नम्रताले यतिबेला आएर फिल्म नखेल्ने बताएपछि निर्माता सुरक्षा पन्त र ऋचा शर्मालाई प्रस्ताव गरेका थिए ।

नम्रताले छायांकनमा असहयोग गरेको भन्दै निर्माता पन्तलाई लिने मनस्थिति बनाएका थिए । जब निर्माता संघमा सहमति त्यसपछि सुरक्षालाई लिने अध्याय सकियो ।

स्रोतका अनुसार ऋचालाई पनि ‘अप्रोच’ गरिएको थियो । तर अर्पण थापासँग स्क्रिन सेयर गर्नुपर्ने भएपछि ऋचाले पनि नखेल्ने निधो गरिन् । सुनकेशरी फिल्मकै समयदेखि अर्पण र ऋचाबीच आत्मीय सम्बन्ध छैन ।

यतिबेला निर्माताले केकी अधिकारीलाई फिल्मको प्रस्ताव गरेका छन् । यदि केकीको तालिका मिलेको खण्डमा प्रसाद २ मा उनी नै अभिनेत्रीको रुपमा फाइनल हुनेछिन् ।

सुदर्शन थापाले निर्देशन गर्ने यो फिल्म मंसिर ७ गतेदेखि छायांकनमा जाने सहमति चलचित्र निर्माता संघमा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?