
काठमाडौं । दशैं तथा तिहारको अवसर पारेर कोका–कोला नेपालले वैदेशिक रोजगारीमा गएका तर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका १४ जना नेपालीलाई घर फर्काएको छ ।
सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई स्वदेश फिर्ता ल्याएको कम्पनीले जनाएको छ ।
कोको कोलाको सहयोगमा घर फर्किएकी कान्छी माया तामाङले ६ वर्षपछि नेपाल फर्कन पाएकोमा खुसी व्यक्त गरिन् ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले रोजगारीका लागि विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका नेपालीहरुलाई घर आउने व्यवस्था मिलाउन पाउँदा खुसी लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4