
१ कात्तिक, जुम्ला । वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।
एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो ।
कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका अनुसार जुम्ला–नाग्म खण्ड खुले पनि कर्णाली राजमार्गको अन्य ठाउँको पहिरो हटाउने काम भइरहेको छ ।
कालिकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको छ ।
तर सेरावाडादेखि नाग्म सम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४–१५ स्थानमा ठूला ढुंगा बिष्फोट गर्नुपर्ने अवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4