
काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म फागुन ५ गते नेपालसहित अन्य केही मुलुकमा रिलिज हुने निर्देशक गुरुङले अनलाइनखबरलाई बताए ।
दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ समेत फिल्ममा छन् । विपिनले पहिलोपटक रामबाबुसँग सहकार्य गरेका हुन् भने दयाहाङको ‘कबड्डी ४’ पछिको सहकार्य हो ।

मनिष ढकालको निर्माण रहेको यो फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो । उक्त मितिमा ‘फूलबारी’ अब साम्राज्ञी शाहको फिल्म ‘लण्डन टु पेरिस’ र नारायण रायमाझीको फिल्म ‘परदेशी २’सँग भिड्नेछ ।
उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘मैदान’ र मार्भल स्टुडियोको प्रतीक्षित हलिउड फिल्म ‘एन्ट म्यान द वास्प : क्वान्टमेनिया’ पनि रिलिज हुँदैछन् ।
प्रतिक्रिया 4