+

ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीलाई स्वर्ण पदक

२०७९ कात्तिक  २ गते १०:४२ २०७९ कात्तिक २ गते १०:४२
ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीलाई स्वर्ण पदक

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ ।

रजत र कांस्य पदक भने अर्को विभागीय टोली एपीएफले जित्यो ।

एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते भने एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन् ।

नवौं राष्ट्रिय खेलकुद रोहित चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय