२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४ गुणा १०० मिटर रिले पुरुषतर्फ शिवराज पार्कीसहितको एपीएफ टिमले स्वर्ण जितेको छ ।
पोखरा रंगशालमा आज (बुधबार) बिहान शिवराजसहित निरप्रताप महतो, आशिष चौधरी र चन्द्रबहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्ड टाइमिङ निकाल्दै स्वर्ण जितेको हो ।
शिवराजले यसअघि १०० मिटर पुरुषतर्फ पनि स्वर्ण जितेका थिए । उनको स्वर्ण संख्या दुई पुगेको छ ।
रिलेमा जीवन चौधरी, विवेक थारु, युवराज बिक, डिल्ली भण्डारी सम्मलित आर्मीले ४२.६० सेकेन्ड टाइमिङसहित रजत जितेको छ ।
लुम्बनी प्रदेशका सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मलित टिमले ४४.३८ सेकेन्ड टाइमिङ सहित कांस्य पदक जितेको छ ।
प्रतिक्रिया 4