
२ कात्तिक, काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । ३१ असोज आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।
प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले हाल कायम चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
यस्तै कम्पनीले २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको ४८ औं वाषिर्क साधारणसभामा पेश हुने जनाएको छ । प्रस्तावित लाभांश पारित गर्नको लागि कम्पनीले २८ पुषमा ४८ औं वाषिर्क साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजना लागि कम्पनीले ७ पुषमा सेयर दाखिला खारेज (बुक क्लोज) मिति तोकेको छ । यस आधारमा ६ पुषसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
कोभिडको कारण व्यवसाय प्रभावित हुँदा कम्पनीले आर्थिक वर्ष २०७५/७६ पछि सेयधनीलाई ३ आर्थिक वर्ष लाभांश वितरण गरेको थिएन ।
प्रतिक्रिया 4