
काठमाडौं । ड्यानियल क्रेगले फिल्ममा जेम्स बन्डको भूमिका खेलेर सकिएको हुनसक्छ, तर चरित्रले बोकेको विरासत अभिनेताको चरित्रसँग जोडिएको छ ।
बेलायती राजकुमारी एनीले ५४ वर्षीय अभिनेतालाई सन् १८१८ मा स्थापित ब्रिटिश अर्डर अफ चाइवलरी भनिने सेन्ट माइकल र सेन्ट जर्ज पदवी प्रदान गरेकी छन् ।
यो पदवी क्रेग अभिनित काल्पनिक पात्र ००७ ले प्राप्त गरेको सम्मान समेत हो । बेलायतको राजपरिवारले सामाजिक सञ्जालमार्फत अभिनेता क्रेगलाई सम्मान प्रदान गरिएको जनाएको छ । फिल्म र थिएटर क्षेत्रमा योगदान पुर्याएबापत यो सम्मान प्रदान गरिएको राजपरिवारले उल्लेख गरेको छ ।
द अर्डर अफ सेन्ट माइकल र सेन्ट जर्ज सन् २०१२ को फिल्म स्काइफलमा जब जेम्स बन्डको मृत्यु हुन्छ, त्यसमा पनि उल्लेख छ ।
सन् २०२१ को सेप्टेम्बरमा पनि बेलायतको रोयल नेभीले पनि अभिनेता क्रेगलाई मानार्थ कमाण्डरको सम्मान प्रदान गरेको थियो । किनभने बन्ड चरित्र पनि रोयल नेभीकै एक सदस्य थियो ।
अभिनेता क्रेगले सन् २००६ को क्यासिनो रोयल, सन् २००८ को क्वान्टम अफ सोलेस र सन् २०१५ को स्पेक्टरजस्ता जेम्स बण्ड फिल्ममा अभिनय गरेका छन् । यो सिरिजको अन्तिम फिल्मको रुपमा सन् २०२१ को नो टाइम टु डाइ रह्यो ।
क्रेगको नयाँ फिल्म ‘ग्लास अनिअन : अ नाइभ्स आउट मिस्ट्री’ प्रदर्शनको तयारीमा छ भने जेम्स बण्डको नयाँ फिल्म निर्माणको तयारीमा छ । निर्माताले नयाँ बन्डको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया 4