
काठमाडौं । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ‘बोस’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बीएसएच होम अप्लायन्सेसले नेपालमा बोस ब्रान्ड सार्वजनिक गरेको हो।
बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोस ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ । कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आईटी प्लाजामा बोसको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ । स्टोरमा बोसका उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिसवासर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् ।
बोसले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ ।
नेपाली बजारमा बोस भित्र्याउँदै बीएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं । सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’
उनले बीएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे । ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं’ उनले भने।
प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोस ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन् । यसका हरेक उपकरणहरू उपभोक्ता-केन्द्रित हुनाले विश्व बजारले समेत बोस ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।
यसबाहेक बोस ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बीएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।’
उनले बोस ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।
नेपाली बजारमा उपलब्ध बोस ब्रान्डका उपहरणहरूः
१. रेफ्रिजिरेटर/फ्रिजः
नेपाली बजारमा बोसको ‘बोस म्याक्स-फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर-डिस्पेन्सर सहितको बोस फ्रस्ट-फ्री कन्भर्टिबल डबल-डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन् ।
बोस म्याक्स-फ्लेक्स रेफ्रिजिरेटरः तीन वटा ढोका भएको बोसको म्याक्स-फ्लेक्स रेफ्रिजिरेटरमा उपभोक्ताहरूको लागि पर्याप्त मात्रामा स्पेस/ठाउँ दिइएको छ। यसको बीच भागमा तापक्रम समायोजन गर्न मिल्ने विशेषता पनि दिइएको छ। आवश्यकता अनुसार यसलाई फ्रिज वा फ्रिजरको रूपमा उपयोग गर्न सकिन्छ।
वाटर-डिस्पेन्सर सहितको बोस फ्रस्ट-फ्री कन्भर्टिबल डबल-डोर रेफ्रिजिरेटरः यो रेफ्रिजिरेटरमा फ्रेससेन्स सेन्सर दिइएको छ जसले फ्रिजरको तापक्रम, फ्रिज र यसको परिवेशलाई नियन्त्रणमा राख्छ। यसले गर्दा बाहिरी तापक्रम जति नै भएपनि भित्री तापक्रमको तालमेल भने स्थिर रहन्छ। यसबाहेक रेफ्रिजिरेटरमा पानी डिस्पेन्सर पनि सँगै दिइएको छ। यसो हुँदा ग्राहकहरूको भान्साको ठाउँ पनि खपत कम गर्छ।
२. वासिङ मेसिन र ड्रायर्सः
बोस टप लोड पूर्ण स्वचालित वासिङ मेसिन: यो वासिङ मेसिनको डिजाइनसँगै यसको प्रदर्शन पनि उच्च श्रेणीको छ। यसमा कपडाको हेरचाह हुनुका साथै हातले धुएको जस्तै गुणस्तर पाउन सकिन्छ।
बोस फ्रन्ट लोड वासिङ मेसिनः यो फ्रिस्ट्यान्डिङ र बिल्ट-इन रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो मेसिनमा कपडा धोएपछि कपडाको गुणस्तर यथावत रहन्छ भने विश्व बजारमा यसमा भएको ठूलो ड्रम आकारले गर्दा प्रख्यात छ। यसले नेपाली उपभोक्ताहरूको आवश्यकता पूरा गर्नेमा कम्पनी सकारात्मक छ।
बोस वासर ड्रायरः यो वासिङ मेसिनमा कपडा धुनुका साथै सुकाउन पनि सकिन्छ। यसमा उच्च गुणस्तरको धुलाई हुन्छ भने कपडाको गुणस्तरलाई पनि कायम राख्छ।
३. डिसवासरः
बोसको डिसवासरमा र्याकम्याटिक र होम कनेक्ट जस्ता विशेषता पाउन सकिन्छ। यी विशेषताले गर्दा थोरै समयमै धेरै काम गर्न सकिन्छ। यसमा भाडा भिजाउने,धुने/पखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ। यो डिसवासरको सहायतामा मानिसको उर्जा र पानीको बचत पनि गर्छ।
४. अन्य उपकरणहरूः
मिक्सर ग्रान्डर र फुड प्रोसेसरः बोसको मिक्सर ग्रान्डर, हाते ब्लेन्डर, जुसर र फुड प्रोसेसरको मद्दतमा भान्सामा काम गर्न सहज हुने पक्का छ। उच्च गुणस्तरका यी उपकरणहरूले भान्साका उपकरण संग्रहमा विशेष स्थान पनि ओगट्छ।
बोसका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छन्। यी उपकरणहरू उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका छन्।
बोसका केही उपकरणहरूमा ‘होम कनेक्ट’ विशेषता दिइएको छ, जसले गर्दा स्मार्टफोन वा ट्याब्लेटले उपकरणहरू व्यवस्थापन गर्न सकिन्छ। यो विशेषता उपभोग गरेपछि उपभोक्ताहरूले सजिलैसँग एकै पटकमा विभिन्न काम गर्न सक्छन्।
प्रतिक्रिया 4