
२ कात्तिक, काठमाडौं । कमेडियन अपूर्व क्षितिज बुधबार पनि हिरासतमै रहने भएका छन् ।
स्ट्याण्ड अप कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवार समुदायको भावनामा आँच पुगेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
उनीमाथिको उजुरीबारे अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन पेश गरे पनि अभियोग दर्तासहितका अदालती काम नसकिएका कारण उनी थुनामै रहने जिल्ला प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनलाई बिहीबार फेरि अदालत लगिने उनले बताए ।
भिडियो हटाएर माफी माग्दा पनि प्रहरीले थुनिराखेको भन्दै उनको पक्षमा दबाब बढ्न थालेपछि प्रहरीले उनलाई २२ भदौमा साधारण तारेखमा छाडेको थियो । तर प्रहरीले उनीमाथिको आरोपबारे अनुसन्धान सकेर अदालतमा अभियोग दर्ता हुनुअघि सोमबार साँझ पुन पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4