कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।
म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।
एपीएफले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०-२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २-० को अग्रता बनाएको थियो ।
तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पारेको थियो ।
तर चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।
महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो ।
प्रतिक्रिया 4