२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेशले कांस्य जितेको छ ।
बुधबार पोखरा रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो ।
गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए ।
यसअघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको थियो । सुदुरपश्चिमले भने एपीएफसँग ५–१ गोलको हार व्यहोरेको थियो ।
नवौंमा ७ प्रदेश सहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।
प्रतिक्रिया 4