
२ कात्तिक, वीरगञ्ज । पर्साका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले अचार संहिता उल्लंघन नगर्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गरेर उनीहरुले निर्वाचन आचार संहिता उलंघन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।
मुख्य निर्र्वाचन अधिकृत विनोदकुमार पोखरेल, निर्वाचन अधिकृतहरु क्रमशः सुशील देवकोटा, योगनाथ ढकाल र रमेश श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।
निर्वाचन आयोगतबाट तोकिएका अधिकृतलाई आचार संहिता विपरीत टाँस गरिएको पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स बोर्ड लगायत सामाग्री निकाल्न सघाउन सुरक्षा निकायलाई पनि उनीहरुले आग्रह गरेका छन् ।
मंसिर ४ गते भन्दा १७ दिन अगाडिबाट मात्र चुनाव सम्बन्धी सभा सम्मेलन, कोण सभा, एवं घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था स्मरण गराउँदै विज्ञप्तिमा अचार संहिता उल्लंघन नगर्न नगराउन भनिएको छ ।
आचारसंहिता उलंघन हुने गरी कुनैपनि कार्य नगर्नू भनी सम्बन्धित पार्टी एवं स्वतन्त्र उम्मेदवारलाई समेत जानकारी गराउने र अटेर गरे कानुनी कारबाहीका लागि लेखि पठाउने निर्णय यसअघि नै आचारसंहिता अनुगमन समितिबाट निर्णय भइसकेको छ ।
प्रतिक्रिया 4