
२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज स्थित हजारी मल धर्मशालाको जग्गामा सवारी साधन पार्किङका लागि प्रयोग गरिने भएको छ । वडा नम्बर ६ मा पर्ने धर्मशालाको १५७६.६ वर्गमिटर जग्गा श–शुल्क पार्किङका लागि प्रयोग गरिने भएको हो ।
हजारीमल सेवा ट्रष्टले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रबीच श–शुल्क पार्किङका लागि जग्गा दिनेगरि सम्झौता भएको छ । ट्रष्टका तर्फबाट अध्यक्ष नारायण कुमार अग्रवाल मारवाडी र सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सशुल्क पार्किङबाट भएको आम्दानीको रकम कर्मचारीको तलब भत्ता, मसलन्द खर्च आदी खर्चहरु कटाएर बाँकी रहेको रकम हजारी मल सेवा ट्रष्टमा राखिने भएको छ ।
ट्रष्टमा जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्ने सहमति भएको ग्रिन सिटी समुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
‘पार्किङ स्थल प्रयाप्त नहुँदा वीरगञ्जको मुख्य सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘तसर्थ श–शुल्क पार्किङका लागि एउटा भएपनि थप ठाउँको व्यवस्था गरेका छौं ।’
सहरलाई सुन्दर र व्यवस्थित बनाउने वीरगञ्ज महानगरको योजना ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सहयोग गरेको उनले बताए । आदर्शनगर क्षेत्रको सवारी साधनलाई हजारी मलको जग्गामा श–शुल्क पार्किङ गराउने गरी काम अघि बढाइएको छ ।
वीरगञ्ज महानगरले पार्किङ स्थल व्यवस्थापनमा सहयोग गरिरहेको छ । वीरगञ्जको घण्टाघरदेखि विर्तासम्म मुख्य सडक र फुटपाथमा सवारी साधन पर्किङ गर्न नदिनेगरि योजना अघि बढाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4