२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको छैटौं दिन बुधबार त्रिभुवन आर्मीले स्वर्णको शतक पूरा गरेको छ ।
एथलेटिक्सको ट्रयाक इभेन्टमा जयरानीको जादू पाँचौं दिन पनि जारी छ । उनले उनले चार गुणा सय मिटर रिलेमा नेपाल आर्मीका लागि स्वर्ण जितिन् । उनले यसअघि १०० र ४०० मिटर हर्डल्स तथा लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिसकेकी छन् । विहीबार चार गुणा चार सय मिटर रिलेमा प्रतिस्पर्धा गर्दैछिन् ।
नेपाल पुलिसकी नविता श्रेष्ठ टेवलटेनिसको महिला एकलमा च्याम्पियन बनिन् । छैटौं राष्ट्रिय खेलकुददेखि नै उनी स्वर्ण जितिरहेकी छन् । उनी राष्ट्रिय खेलकुदमा लगातार चौथो स्वर्ण विजेतामात्र होइनन् समग्रमा ९ पल्टकी राष्ट्रिय च्याम्पियन हुन् ।
ब्याडमिन्टनमा प्रिन्स पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बन्दा नेपाल पुलिसकै चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उसले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।
छैटौं दिन स्वर्ण पदकका केहि स्पर्धाका तस्वीरहरु












प्रतिक्रिया 4