३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ गुणा ४०० मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।
आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवार सम्मिलित टोलीले ३ मिनेट १८.३६ सेकेण्ड टाइमिङ निकाल्दै स्वर्ण जितेको हो ।
पीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दिप नेपाली सम्मिलित टिमले ३ मिनेट २५.८२ सेकेण्डको टाइमिङ सहित रजत जित्यो ।
नेपाल पुलिस क्लबका अमृत वोट, सहन चन्द्र शाह, तेज बहादुर कार्की र अरुण महतो थारुले ३ मिनेट २९.३५ सेकेण्ड टाइमिङ सहित कांस्य जितेका छन् ।
प्रतिक्रिया 4