+
+

हिउँदयाममा नेपाललाई बिजुली बेच्न परे ५ प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १२:१९

३ कात्तिक, काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डरमा ५ वटा प्रस्तावहरु परेका छन् । प्रतिस्पर्धामार्फत विद्युत् खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो ।

प्राप्त प्रस्तावहरुमाथि प्राधिकरणले मूल्यांकन थालेको छ । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आहृवान भएको थियो ।

भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिएका छन् । प्रधिकरणका अनुसार फरक-फरक  परिमाणसहितका प्रस्तावहरु परेका छन् । जसको औसत मूल्य प्रतियुनिट करिब ८ रुपैयाँ पर्ने देखिएको प्राधिकरण्का अधिकारीहरुको अनुमान छ ।

हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आहृवान गरेको हो । अहिले ३७४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न लागेको हो ।

यसअनुसार करिब आगामी ६ महिनामा भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ ।

गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो । रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो ।

‘भारतीय जबारमा विद्युतको मूल्य अस्थिर छ, यस्तो अवस्थामा प्रस्तावअनुसारको बिजुली किन्ने सम्झौता गर्न कठीन र जोखिमपूर्ण छ,’ प्राधिकरणका एक अधिकारीले भने,’यस्तो सम्झौता नगरेर भोलि भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा बिजुलीको मूल्य झन बढेर आर्थिक भार बढ्ने जोखिम छ, अहिले सम्झौता गर्दा भोलि मूल्य घटेमा अर्को समस्या पर्छ ।’  तर, भविष्यमा पर्नसक्ने संकटलाई मध्यनजर गरेर आवधिक सम्झौतामार्फत नै बिजुली आयात हुनसक्ने ती अधिकारीले बताए ।

रुस-युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ । जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक सम्झौता गरेर विद्युत् बिक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यो वर्ष भारतबाट खरिद हुने भन्दा भारतलाई विक्री गरिने बिजुलीको परिमाण बढी हुने प्राधिकरणको प्रक्षेपण छ । ७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठयता १ अर्ब युनिट बिजुली भारत निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?