
काठमाडौं । ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर यतिबेला परिवारसहित जापान भ्रमणमा छन् । उनी बसेको त्यहाँको होटलमा कार्यरत एक नेपाली फ्यानले भेटेरै एनटीआरलाई ‘हार्टफेल्ट नोट’ अर्थात् हृदय छुने पत्र दिएकी छन् ।
छिरिङ नामकी ती फ्यानबाट धन्यवादसहितको पत्र बुझेपछि एनटीआरले पनि उनलाई धन्यवाद दिएका छन् । नेपाली फ्यानले पत्र बुझाएको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
पत्र बुझ्दै एनटीआरले जापान घुम्न आउनुभएकोमा धन्यवाद दिएको उल्लेख गरिएको उक्त नोटले आफूलाई भावुक बनाएको समेत बताएका छन् ।
‘हे भगवान, यहाँ धेरै मान्छे छन् । कोहीले धन्यवाद पनि लेखेको छ,’ जुनियर एनटीआरले यति भनेपछि ती नेपाली फ्यानले आफू नेपालबाट आएको बताएकी छन् । ती नेपाली फ्यानले आफूलाई हिन्दी बोल्न नआउने भन्दै अंग्रेजी भाषामै आफू नेपालबाट आएको बताएकी थिइन् ।
जुनियर एनटीआर यतिबेला ‘आरआरआर’ फिल्मको प्रचारप्रसारका लागि जापानमा छन् । एसएस राजामौली र रामचरण पनि उनीसँगै छन् । शुक्रबारदेखि आरआरआर जापानमा रिलिज हुँदैछ ।
नेपालमा समेत जुनियर एनटीआरको ठूलै फ्यान फलोइङ छ । आरआरआरले नेपालमा दुई अंकको कमाइ गरेको थियो ।
#NTRJrTakesOverJapan
Here’s a glimpse of @tarak9999 global fandom as he gets a heartfelt message from the hotel staff in Japan who happen to be his fans#RRR #fans #NTRJr pic.twitter.com/n0n5HdhQMZ— Ramesh Bala (@rameshlaus) October 19, 2022
प्रतिक्रिया 4