३ कात्तिक, पोखरा । सफ्ट टेनिसतर्फ पुरुष टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ ।
बिहीबार बिहान भएको फाइनलमा नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै प्रदेश १ ले स्वर्ण जितेको हो ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।
रजत पदक जित्ने पुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौबहादुर लङगेली, हरिबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।
प्रतिक्रिया 4