
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।
फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो ।
बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोनपेका सीईओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमकाबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो ।
फोनपेले अहिले चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ । क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना १२ कात्तिकसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4