
काठमाडौं । आगामी कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ ।
कलाकारको उपस्थितिमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ ।
‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्ममा धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय छ ।
लामो समयपछि धीरेन र राजेन्द्रले यही फिल्ममार्फत रजतपटमा कमब्याक गर्दैछन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर फिल्म घुमेको छ । रोमान्स, इमोसन र एक्सन फिल्ममा छन् ।
बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा छन् । आरएल लामा मोक्तान निर्देशित फिल्मलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4