+
+

आईएमईको उत्सव अफर : सातौं हप्ताको विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १७:४६

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपवलाई लक्षित गरी आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरिएको छ ।

विहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आईएमई मार्फत पैसा पठाएका चन्द र श्रेष्ठले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु विके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । विजेता छनोट भएका प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर १६ भदौदेखि १६ कात्तिक २०७८ सम्म लागु हुनेछ ।

हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । यस अफर अवधिमा एक जना विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?