
काठमाडौं । ‘विमल कृति पुरस्कार-२०७८’ बाट कवि तथा साहित्यकार काङमाङ नरेश राईको कविता कृति ‘तेप्लायु’ पुरस्कृत हुने भएको छ ।
देश तथा विदेशबाट नेपाली भाषामा लेखिएका ४२ जना लेखकका विभिन्न विधाका कृतिमध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कवि तथा साहित्यकार काङमाङ नरेशको कविता कृति पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा कविता कृति ‘तेप्लायु’ युद्ध र पहिचानको आवाज बुलन्द कविता कृति भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4