
३ कात्तिक, काठमाडौं । प्रतिबन्धमा रहेको मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । ‘आजको बैठकमा मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भयो, मन्त्री श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तिहारपछि यसबारे केही निर्णय हुन्छ ।’
यसअघि होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका थिए । मन्त्री श्रेष्ठले पर्यटनको मुख्य सिजन भएकाले यसमा विचार गर्नु पर्छ भन्ने प्रस्ताव गरेको जानकारी दिए ।
गत १३ वैशाखदेखि मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याएको छ । ।
प्रतिक्रिया 4