+
+

आमसभामा झण्डा र चुनाव चिह्न १०/१० वटा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १९:५६

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ ।

आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३÷४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने ।’

उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३÷४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।

चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?