+
+

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त उपाध्यक्षमा राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १०:३६

४ कात्तिक, काठमाडौं । ट्रेड युनियन कांग्रेस उपाध्यक्ष अजयकुमार राई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन् ।

फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनबाट राई उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्मेलनमा ईन्टरनेशनल फेडेरशनसँग आबद्ध रहेका एशियाप्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी थिए । दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

विश्वका एक सय ५० देशमा रहेका सात सय युनियनहरु फेडेरेशनसँग आबद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य छन् ।

बेलायतस्थित लण्डनमा मुख्यालय फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाह लगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ ।

सम्मेलनले विश्व स्तरीय बेल्ट एण्ड रोड ईनिसिएटिभ (बीआरआई ) बारे आफनो घोषणापत्र समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?