
४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताएका छन् । राजनीतिक स्थिरताविना विकास निर्माण पनि सम्भव नभएको उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा स्थिरता कायम होस् भन्ने जनताको चाहना अनुसार स्थिरता र स्थायित्व र संविधान कार्यान्वयनको लागि गठबन्धन गरेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4