
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रामाथि पछिल्लो पटक अश्लील फिल्म बनाउने आरोप लागेको थियो । धरौटीमा रिहा हुनुअघि उनले जेलमा दुई महिना बिताए ।
त्यतिबेला उनले सबै सामाजिक सञ्जाल डिलेट गरेका थिए । यतिबेला उनी अनौठो शैली र सामाजिक सञ्जालका पोस्टले चर्चामा छन् ।
उनले ट्वीटर एकाउन्टमा पुनः पोस्ट गर्न थालेका छन् । उनको पोस्ट देखेपछि धेरैले सोचेका छन् कि आखिर राज कुन्द्रालाई किन अहिलेसम्म रिस उठिरहेको छ ? मुख लुकाउने कुनै काम गरेका छैनन् भने उनी किन मास्कको पछाडि किन लुकिरहेका छन् ?
गत साता एक पोस्ट गर्दै उनले आफूलाई नयाँ हेटर्स (घृणा गर्नेहरु) नचाहिएको र पुरानै पर्याप्त भएको बताएका थिए । उनले अर्को एक पोस्ट सोसल मिडियामा सेयर गरेका छन् । उनले ह्यासट्याग प्रयोग गर्दै ट्रोलर्स कहाँ छौं, कृपया मलाई नछाड्नु भनेर पोस्ट गरेका छन् ।
सामाजिक सञ्जालमा फर्किएपछि पनि कुन्द्राले सर्वसाधारणमाझ मुख लुकाउन छाडेका छैनन् । हुडी पहिरिएर होस् या मुख पूरै छोपेर उनी घरबाट निस्कन्छन् र मिडियालाई अनुहार देखाउँदैनन् ।
यस्तो लाग्छ, यसलाई उनी आफ्नो सिग्नेचर लुक बनाउँदैछन् । हालै जब अभिनेता आमिर खानलाई हुडी, ग्लास र फेस मास्कसहित देखियो, तब कुन्द्राले उनको तस्वीर सेयर गर्दै लेखे, ‘मलाई यस कभर लुकको रोयल्टी चाहियो ।
प्रतिक्रिया 4