
काठमाडौं । रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्म ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ ।
फिल्म निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् । फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ ।
अनन्त तिमल्सिनाको प्रस्तुति रहेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।
चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ ।
रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको फिल्ममा अभिनय छ ।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले कथामार्फत जातीय छुवाछुतविरुद्धको सन्देश दिन्छ ।
प्रतिक्रिया 4