
४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १० लाख रुपैयाँसहित डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई पक्राउ गरेको छ ।
मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो ।
खतिवडाको खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँको दुईवटा चेक फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4