+
+

मुलुक डरलाग्दो आर्थिक संकटमा : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १६:३२

५ कात्तिक, बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् ।

नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिलेको सरकारको पालामा देखिएको उनले बताए ।

पौडेलले वर्तमान सरकारको अक्षमता र अकर्मण्यताका कारण मुलुक यो अवस्थामा पुगेको भन्दै सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी गरे ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकहरु रोजगारीबाट पलायन हुने अवस्थामा आइपुगेको बताए ।

पौडेलले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेको र संकटग्रस्त अवस्थामा रहेको आर्थिक क्षेत्रको सुधारका समेत कार्यक्रम समावेश गरेर एमालेले प्रतिवद्धता पत्र जारी गर्ने बताए ।

सरकारले बैंकको ब्याजदरमा उच्चवृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । कोरोना महामारीले धरासायी भएका निजी क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको आलोचना गरे ।

अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको भन्दै उद्योगी व्यवसायीहरुले यस्ता विषयमा राज्यले विशेष कदम चाल्नुपर्नेमा उल्टो सेटिङमा केन्द्रित रहेको भन्दै गुनासो गरेका थिए ।

उद्योगी, व्यवसायीहरुले विद्यमान आर्थिक संकटको समाधानका लागि उपयुक्त उपायको अबलम्न गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा चरम मूल्यवृद्धि भएको र आर्थिक क्षेत्र जर्जर बन्दै गएको भन्दै विशेष कार्यक्रम तयार पार्न सुझाव दिएका थिए ।

माओवादी नेता श्रेष्ठ र गैरे एमालेमा प्रवेश

यसैबीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले उपाध्यक्ष पौडेलले शनिबार पार्टीमा स्वागत गरेका छन् । उनीहरू २०५७ देखि माओवादीमा आवद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?