
काठमाडौं । दक्षिण भारतीय (साउथ) सुपरस्टार प्रभासको उत्तर भारत (नर्थ)मा पनि जबरजस्त फ्यान फलोइङ छ । ‘बाहुबली’ अभिनेताको फिल्म फ्यानहरुका लागि व्यग्र पखाईको विषय बन्छ ।
प्रभास आज (आइतबार) आफ्नो ४३ औं जन्मदिन मनाइरहेका छन् । उनलाई विश्वभरका प्रशंसक तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । यसै अवसरमा उनले आफ्नो आगामी फिल्म ‘आदिपुरुष’को नयाँ पोस्टर समेत सार्वजनिक गरेका छन् ।
यसअघि सार्वजनिक पहिलो पोस्टरमा दर्शकले प्रभासलाई राम अवतारमा देख्न पाएका थिए । दोस्रो पोस्टरमा उनी राम अवतारमा हातमा धनुष र तीर लिएर युद्धमैदानमा खडा भएको देखाइएको छ । माथि बादल र पछाडि वानर सेनाका साथमा प्रभास सिरियस गेटअपमा देखिएका छन् ।
सामाजिक सञ्जालमा ‘आदिपुरुष’को पोस्टर सेयर गर्दै एक प्रयोगकर्ताले ‘मर्यादा पुरुषोत्तम प्रभु श्रीराम’ भनेर क्याप्सन लेखेका छन् ।
ओम राउत निर्देशित फिल्म आदिपुरुष आगामी जनवरी १२ मा रिलिज हुँदैछ । प्रभासका साथै कृति सेनन, सैफअलि खान र सन्नी सिंहको प्रमुख भूमिका रहेको फिल्मको बजेट ५०० करोड भारु रहेको बताइएको छ ।
प्रतिक्रिया 4