
६ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर छ । धनतेरसका कारण शनिबार पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य निर्धारण गरेको थियो ।
शुक्रबारभन्दा शनिबार सुन प्रतितोला एक हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बृद्धि भएको थियो । जुन मूल्य आइतबार पनि स्थिर छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुन ९२ हजार ५ सय, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4