+
+

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १३:४५

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दैछ ।

कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय गरएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्नेछन् ।

‘डिजिटल्ली घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । सभापतिसहितका नेताहरुले वालुवाटारबाट डिजिटल्ली सार्वजनिक गर्नुहुन्छ,’ परियारले भने ।

तर, लेखन समितिमा रहेकाहरु भने पार्टी कार्यालय सानेपा ललितपुरमा रहनेछन् । उनीहरुले पत्रकारहरुँग घोषणापत्रसँग सम्बन्धित रहेर अन्तरक्रियासमेत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?