+

बालोन डी ओरमा रोनाल्डोलाई शून्य भोट

२०७९ कात्तिक  ६ गते १३:२२ २०७९ कात्तिक ६ गते १३:२२
बालोन डी ओरमा रोनाल्डोलाई शून्य भोट

६ कात्तिक, काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्वकै एक चर्चित फुटबल हस्ती हुन् ।

जारी सिजनमा सोचे अनुसारको खल प्रदर्शन गर्न नसक्दा र समर्थकसँगको विवादले उनको लोकप्रियता ओरालो लागेको छ ।

पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले यो वर्ष बालोन डी ओर अवार्डको मनोनयनमा परेकाहरु मध्ये सबैभन्दा पुछारमा अर्थात २० औं स्थानमा रहे ।

अझ अचम्मको कुरा उनले एक मत पनि पाउन सकेनन् । बालोन डी ओरका लागि राष्ट्रिय फुटबल टिमका कप्तान र प्रशिक्षक तथा फरक फरक देशका १८० जना खेल पत्रकारले मतदान गर्छन् । फ्रेञ्च म्यागजिन लेक्युपीले रोनाल्डाले बालोन डी ओरमा कुनै भोट नपाएको खुलासा गरेको हो ।

उनले कुनै भोट नपाएका कारण पनि एक प्रसिद्ध फुटबल स्ट्राइकर रोनाल्डोको युगको अन्त्य भएको हो भन्ने चर्चा चुलिन थालेको छ ।

गत अगष्टमा एभर्टनमा समर्थकको फोन फुटाएपछि विवादमा परेका उनले गत बुधबार टोटनहाम विरुद्ध २–० ले जितेको खेलका क्रममा ८९ औं मिनेटमा कसैलाई नसोधी मैदान छोडे ।

जसका कारण उनलाई प्रशिक्षक इरिन टेन हागले त्यसपछिको एक खेलमा ड्रप पनि गराए । पूर्व रियल मड्रिडका स्ट्राइकर रोनाल्डो बारम्बार नकरात्मक तरिकाले टिप्पणीमा आउनु र खेलमा पूरानो लय देखाउन नसक्दा उनको चर्चा विस्तारै सेलाउँदै गएको आकलन गरिएको छ ।

अन्तिम समयमा मैदान प्रवेश गर्न नमान्नु, खेल नसकिँदै मैदान छोडेर हिँड्नुका कारण युनाइटेड र प्रशिक्षक ऐरिक टेन हाग पछिल्लो समय रोनाल्डोदेखि खासै खुसी छैनन् ।

बालोन डी ओर रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय