
६ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रशारण गर्न थालेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रशारण सुरु गर्न लागेको बताए । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रशारण गर्न लागिएको पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4