
६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।
यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो ।
कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको सहमहामन्त्री परियारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4