
काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ ।
निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको तयारीमा छ । पौडेलले यसअघि रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती लगायत फिल्म निर्माण गरेका छन् ।
फिल्ममा सन्दीप क्षेत्री, खड्कबहादुर पुनमगर (खबपु), इमिली लामा, सरोज खनाल, ध्रुव दत्त लगायतको पनि अभिनय रहेको छ । आर्यन फिल्म्स तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा पासाङ लामा र सहनिर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली छन् । फिल्ममा सबीर श्रेष्ठको लेखन र शिव ढकालको छायांकन रहेको छ ।
प्रतिक्रिया 4